२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार तीन वर्ष चल्ने : सांसद सापकोटा


442
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार तीन वर्ष चल्ने बताउनुभएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद सापकोटाले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार आगामी तीन वर्षसम्म चल्ने बताउनुभएको हो । उहाँले वर्तमान सत्तारुढ गठबन्धन निर्माण गर्दा नै दाहालको नेतृत्वमा तीन वर्ष सरकार चलाउने सहमति भएको दाबी गर्नुभयो । उहाँले गठबन्धनका दलहरुका बीचमा अविश्वास नरहेको स्पष्ट पार्दै पूर्व समझदारी अनुसार नै सरकार अगाडि बढीरहको बताउनुभयो ।