२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


ताप्लेजुङमा पाठ्य पुस्तक बिक्रि वितरण सुरु


468
Shares

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि सरकारी विद्यालयका पाठ्य पुस्तक बिक्रि वितरण गर्न थालिएको छ । यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले आगामी शैक्षिक सत्रका लागि सरकारी विद्यालयहरुलाई पाठ्यपुस्तक बिक्रि गर्न थालेका हुन् ।

लामो समयदेखि यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले पुस्तक खरिद गरेर बिक्रि वितरण गर्दै आएका छन् । विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि पाठ्य पुस्तक आइपुग्दैनथ्यो । यो वर्ष समयमै पाठ्य पुस्तक आएपछि विद्यार्थीलाई सहज हुने देखिएको छ ।

जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमा नै पुस्तक छापेकाले चाँडै पुस्तक ल्याउन सकिएको पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष ज्ञानप्रसाद मिश्रले बताउनुभयो ।

यो पटक कक्षा १ देखि १० सम्मका ३ हजार ७ सय थान पुस्तक ल्याइएको छ । अघिल्लो शैक्षिक सत्रमा बिक्रि वितरण भएको संख्याका आधारमा अनुमान गरेर पुस्तक ल्याइएको र यसले यहाँका सबै विद्यालयलाई पुग्ने महासंघले जनाएको छ । नपुगेको खण्डमा भने पुनः ल्याएर बिक्रि वितरण गर्ने बताइएको छ ।