२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपाली आरोहीद्वारा अमेरिकाको डेनाली हिमाल आरोहण गर्ने घोषणा


2.301k
Shares

काठमाडौं । नेपालका अनुभवी हिमाल आरोहीहरुले अमेरिकाको डेनाली हिमाल अरोहण गर्ने भएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १० जनाको अनुभवी हिमाल आरोहिहरुले नेपालको नाम विश्व समुदायमा स्थापित गर्न डेनाली हिमाल आरोहण गर्न लागेको जानकारी दिएका हुन् ।

अनुभवी आरोहीको टोलीले अमेरिकी सगरमाथाको सफल आरोहणको ६० औं वार्षिकोत्सवको उपलक्ष्यमा अमेरिका–नेपाल मैत्री आरोहणको दोस्रो संस्करण अनुसार हिमाल आरोहण गर्न लागेका हुन् ।

टोलीले जुनमा अलास्काको डेनाली हिमाल आरोहण गर्ने बताईएको छ । टोलीलाई नेपाल–अमेरिका मित्रताको झण्डा अमेरिकी दुतावासका जन मामिला प्रमुख ग्यारेट ई.विल्करसनले हस्तान्तरण गर्दे अभियाको सफलताको शुभकमना दिनुभयो ।

टोलिको नेतृत्व नेपालका उच्च अनुभवी पर्वतारोहि पासाङ फुर्वा शेर्पाले गर्ने छन् भने नेपालस्थित अमेरिकी दुतावासका विल्करसन र अमेरिका-नेपाल मैत्री अभियानको पहिलो संस्करणका प्रमुख कर्मा तेन्जिङले समन्वय गर्ने बताईएको छ ।

सगरमाथामा अमेरिकी सफल आरोहणको ६० औं बार्षिकोत्सवको उपलक्ष्यमा डेनाली आरोहणको उद्देश्य दिगो पर्वतारोहण अभ्यासलाई प्रवद्धन गर्ने, डेनालीमा इको–अभियान प्रविधिहरु सिक्ने र पर्वतारोहण मार्फत दुई राष्ट्रबीचको सम्बन्धलाई बलियो बनाउनु रहेको टोलीका नेता पासाङ फुर्वा शेर्पाले बताउनुभया । डेनालीमा टोलिको नेतृत्व पासाङ र मार्क परेलाले संयुक्त रुपमा गर्ने छन् । टोलीमा बिश्व रेकर्ड होल्डरहरु राष्ट्रिय कीर्तिमानी आरोहीहरु हुने छन् ।

सेभेन समिट ट्रेक्सका निर्देशक र एक समर्पित पर्वतारोहि जसले पहिले नै अरोहणको उपलब्धि हासील गरी सकेका छन् । आरोहण गर्ने अनुभवी टोलिमा मार्क परिला, पासाङ फुर्वा शेर्पा, थानेश्वर गुराँगाई, पासाङ गेलु शेर्पा, ग्याल्जेन शेर्पा, छिरीङ पेम्बा शेर्पा, लाक्पा डेण्डी शेर्पा, पेम्बा नुरु शेर्पा, मिङमा टेण्डी शेर्पा र कर्मा तेन्जिङ रहनु हुने छ । गेल्जे शेर्पा सोलुखुम्बुका दक्ष पवतारोही हुन् ।

८ हजार माथिका १४ वटा हिमाल अराोहण गर्ने अभियानमा छन् । थानेश्वर गुरागाई एसएसटीका अभियान प्रवन्धक बिभिन्न बिद्यामा धेरै गिनिज वल्ड रेकर्ड राखेका छन् । गिनिज वल्ड रेकर्डमा आधिकारीक सल्लाहकार हुन् । २०१५ देखि उनले सगरमाथा शिखरमा सफलतापूर्वक पुग्ने पर्वतारोहिको रेकर्ड कायम राखेका छन् । ८ हजार माथिका अन्य चुचुरा र उहाँले युरोपका सबै भन्दा अग्ला हिमाल माउण्ट एल्ब्रसको सफल आरोहण गर्नुभएको छ ।

मिङमा तेन्जी शेर्पा पनि अनुभवि अरोही हुन् । नेपालका हिमाल र पाकीस्तानका हिमाल आरोहण गरेको अनुभव उनीसँग छ । केटु हिमाल आरोहण गर्ने शेर्पा मध्येका उनी एक हुन । उनले ८ हजार माथिका हिमाल अरोहण गरेका छन् । छिरीङ पेम्बा शेर्पा आईएफएमजीएका गाईड हुन् । पर्वतारोहणमा उनको विशेष दक्खल छ ।

पेम्बा नुरु शेर्पासँग ल्होत्से मनास्लु ,चोयु लगायका हिमाल र अन्य धेरै चुचुरा आरोहण गरको अनुभव उनीसँग छ । २० वर्षभन्दा बढीको अनुभव उनीसँग छ । पासाङगेलु शेर्पासंग पनि हिमाल आरोहणको उच्च अनुभव छ सगरमाथाको उन्ले पटक पटक आरोहण गरेका छन् ।