२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


महासंघमा मतदान सकियो


273
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सम्पन्न भएको छ ।

व्यवसायीको भीडले आआफ्ना उम्मेदवारको पक्षमा होहल्ला गरेपछि करिब १ घण्टा मतदान रोकिएको थियो । मतदानमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ ।

निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् । महासंघ निर्वाचनमा ५० प्रतिशत मतभार रहेको जिल्ला नगरतर्फ ११७, वस्तुगततर्फ १२३ र एसोशिएटतर्फ १७४८ मतदाता छ । यस्तै द्विराष्ट्रियतर्फ ५ जना मतदाता छन् ।

जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ । निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ । महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् ।

महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्ने छन् ।