३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


दराजले ल्यायो नयाँ वर्षमा विभिन्न अफर


598
Shares

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दाबी गर्ने दराज नेपालले नयाँ वर्षका अवसरमा विभिन्न अफर ल्याएको छ ।

कम्पनीले दराजको नव वर्ष २०८० घोषणा गर्दै मेगा डील, मेगा भौचर, प्रिपेमेन्ट र अन्य अफर ल्याएको हो ।

मेगा डील अन्तर्गत् ७० प्रतिशतसम्म छुट, मेगा भौचरमा ५ हजार रुपैयाँसम्म, प्रि मेमेन्टमा बैंक कार्डबाट खरिदमा १ हजारसम्म छुटलगायतका आकर्षक अफर ल्याएको कम्पनीले जनाएको छ ।

नयाँ वर्ष उत्सव अप्रिल २० सम्म जारी रहने कम्पनीले जनाएको छ ।