२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बैंकको ब्याजदर घट्यो


208
Shares

काठमाडौं । चौतर्फी आलोचना र दबाबपछि नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ। ब्याजदर एकल डिजिटमा कायम गर्ने निर्णय संघले बुधबार गरेको हो। वैशाख १ गतेदेखि लागु हुनेगरी ब्याजदर घटाउने निर्णय भएको हो। ब्याजदर १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ कायम गर्ने निर्णय भएको छ।

सरोकारवालाको माग सम्बोधन गर्दै संघले ब्याजदर घटाउने निर्णय गरेको हो। मुद्दती निक्षेप ब्याज ११ प्रतिशतबाट घटाएर ९.९९ मा झार्ने निर्णय भएको बैंकर्स संघले जनाएको छ। त्यसैगरी संस्थागत निक्षेपकर्ताका लागि ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको छ। निजी क्षेत्रको चर्को दबाबपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर घटाउन निर्देशन दिएका थिए।

नेपाल राष्ट्र बैंकले ब्याजदर बजारले निर्धारण गर्ने बताउँदै आएको थियो। बचत निक्षेपमा ब्याज न्यूनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने र कल निक्षेपमा बचतको तल्लो सीमाको ५० प्रतिशत हुनेगरी ब्याजदर कायम गर्ने निर्णय संघले गरेको छ। बैंकहरूले अहिले बचतमा ६ देखि ८ प्रतिशत ब्याज दिँदै आएका छन्। रेमिट्यान्स खाता निक्षेपमा बैंकहरूले १०.९९ प्रतिशत र रेमिट्यान्स बचत खातामा ८.४ प्रतिशत ब्याजदर दिनुपर्नेछ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।