६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


एशाेसिएटकाे उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी


104
Shares

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको बुधबार भएकाे निर्वाचनमा एशाेसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी हुनुभएकाे छ ।

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघाई प्यानलकी श्रेष्ठ एशाेसिएट तर्फको उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलका साझा उम्मेदवार भरतराज आचार्यलाई पराजित गर्नुभएकाे हाे । विजयी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले महिला नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आइपुग्नु आफैंमा खुशीको कुरा भएको बताउनुभयो ।

उहाँले जित्न कठिन भएपनि जित्छु भन्ने आत्मविश्वास आफूमा रहेको र सधैँ सत्यको जित हुने दावी गर्नुभयो । उहाँले आफूलाई आगामी दिनमा काम गर्न कुनै कठिनाइ नरहेको र टिमलाई समेटेर व्यवसायीहरुको समस्याको समाधान गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

एशाेसिएट उपाध्यक्ष श्रेष्ठले निर्वाचनको बेलामा मात्रै प्यानल भएको तर निर्वाचन सकिएपछि सबै एक भएर काम गर्ने बताउनुभयो । उहाँले आफूलाई विश्वास गरेर जिताएकोमा धन्यवाद दिँदै विश्वास टुट्न नदिने प्रतिवद्धता जनाउनुभयो । यसैगरी नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगतकाे उपाध्यक्षमा हेमराज ढकाल विजयी हुनुभएको छ । साथै जिल्ला नगरकाे उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी हुनुभएको छ ।