
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार सम्पन्न भएकाे मतदानको मतगणना बिहीबार जारी रहेकाे छ ।
महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षमा निर्वाचित हुने भएकाले वरिष्ठ उपाध्यक्षको निर्वाचनलाई सबै भन्दा महत्वपूर्ण मानिएकाे हाे । यस पटक वरिष्ठ उपाध्यक्षको लागि उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा रहेका छन् ।
हालसम्म घोषित मतपरिणाम अनुसार महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एशाेसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएका छन् । वैद्य र श्रेष्ठ रामचन्द्र संघाई पक्षको तथा ढकाल उमेशलाल श्रेष्ठ प्यानलका हुन् । अहिले वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भइरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्