
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई पञ्चेबाजासहित स्वागत गरिएको छ ।
बिहीबार बिहान नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा आएका १ सय ८१ जना चिनियाँ पर्यटकहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले चिनियाँ पर्यटकहरुलाई खादा र माला लगाएर स्वागत गरेका हुन् ।
पर्यटकहरु हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका विमानस्थलले जनाएकाे छ । पर्यटकहरुले नेपाल र चीनको झण्डा समेत बोकेका थिए । ७ सय चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आउन लागेकाे र साेही समूहको पहिलो लट बिहीबार आएका विमानस्थलले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्