१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बिस्का जात्रामा हात नभएको लिंगो उठाइयो


130
Shares

काठमाडौं । बिस्का जात्राको क्रममा बिहीबार दिउँसो पोटरी स्क्वायरमा हात नभएको लिंगो (ल्योसिन्द्यो) उठाइएको छ ।

बिहीबार भक्तपुरको प्रशिद्ध जात्रा बिस्का जात्राको लिंगो उठाइएको हो । प्रत्येक वर्ष वर्षको अन्तिम दिन मध्याह्न यसरी नै लिंगो उठाउने गरिन्छ । यो लिंगोलाई स्थानीय टोलवासीले उठाउने गर्दछन् । डोरीको सहायताले लिंगोलाई उठाउने गरिन्छ ।

लिंगो उठाएको हेर्न हजारौं स्थानीयवासी पुग्ने गर्दछन् । प्रशिद्ध बिस्का जात्राको चौथो दिन लिंगो उठाइन्छ । जात्रा यहि चैत २७ गतेदेखि सुरु भएको थियो । पाँंच तले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो ।

यो जात्रा हेर्न दशौं हजार मानिसहरू जात्रास्थल पुग्ने गर्दछन् । भक्तपुरको बिस्का जात्रा ८ रात ९ दिन लामो हुने गर्दछ । बिस्का जात्रा आगामी वैशाख ५ गते सम्पन्न हुनेछ ।