२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउँछु : नवनिर्वाचित अध्यक्ष ढकाल


286
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई जनताले हेर्ने दृष्टिकोण सकारात्मक बनाउने बताउनुभएको छ ।

बिहीबार महासंघको अध्यक्षको शपथग्रहण पश्चात अध्यक्ष ढकालले आफ्नो कार्यकालमा मुख्य ५ कामलाई पाथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले निजी क्षेत्रलाई हेर्न दृष्टिकोण परिर्वतन गर्ने काम शुरु भएको भन्दै केही दिनमा यसको नतिजा देखिने बताउनुभयो । उहाँले जिल्ला नगरबाट आएको यस्ता मागहरु तत्काल समाधान गर्नेपनि बताउनुभयो ।

उहाँले पछिल्लो समय कोरोना महामारी लगायत अन्य बाह्य कारणले गुमेको रोजगारी बढाउन, राज्यको नीति व्यवसायीमैत्री बनाउन पहल गर्ने बताउनुभयो । उहाँले महासंघमा नेतृत्वलाई गाली गर्नुभन्दा पनि सबैबीच सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष ढकालले वैदेशिक लगानी ल्याउन नीति सुधार गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले महासंघको आफ्नो कार्यकालमा केही न केही सुधार गर्ने बताउनुभयो । उहाँले चुनावसम्म पक्ष–विपक्ष भएपनि अब सबै एक भएर महासंघलाई सुुधार गर्ने बताउनुभयो । अध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा सर्वसहमतिका लागि ठूलो छाती गरेको भन्दै ढकालले अर्का प्रत्यासी उमेशलाल श्रेष्ठको प्रशंसा गर्नुभयो । उहाँले निजी क्षेत्रले अन्तिमसम्म प्रयास गरेर सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन गरेको भन्दै यसले निजी क्षेत्रले चाहदा गर्नसक्ने उदाहरण बनेको बताउनुभयो ।

महासंघको विधानअनुसार ढकाल स्वतः अध्यक्ष चयन हुनुभएको हो । उहाँले आजै महासंघका निःवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । अध्यक्षलाई पद तथा गोपनीयताको शपथ पश्चात बोल्दै निर्वतमान अध्यक्ष गोल्छाले अध्यक्ष ढकालले जनाएका ५ प्रतिवद्धता कार्यान्वयन गर्न साथमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।