
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
बुधबार वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठलाई अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले समर्थन गरेसँगै श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
पहिलो चरणमा वरिष्ठ उपाध्यक्षमा कुनैपनि उम्मेद्वारले ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको निर्वाचन तयारी भएपनि सहमतिमा वरिष्ठ उपाध्यक्ष चयन भएको हो ।
वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निराशामा रहेका उद्योगी व्यवसायीहरुको मुहार हसाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले निर्वाचनको समयमा देशभरका उद्योगी व्यवसायीहरु माझ गरेका प्रतिवद्धताहरु पूरा गर्नेगरी काम गर्ने बताउनुभयो । उहाँले पछिल्लो समय व्यवसायीहरुलाई बैंकको ब्याजदर र तरलता अभावको कारण परेको समस्या समाधान गर्ने बताउनुभयो ।
उहाँले आन्तरिक र वैदेशीक लगानी ल्याउनको लागि निजी क्षेत्रले पहल गर्ने बताउनुभयो । उहाँले मुलुक भित्र नै उद्योगी व्यवसायीहरुले लगानीमैत्री वातावरण बनाउन सरकारसँग सहकार्य गर्न बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्