
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रहनुभएका व्यवसायी उमेशलाल श्रेष्ठले महासंघको चुनावलाई थप फोहोर नबनाउन अञ्जन श्रेष्ठलाई समर्थन गरेको बताउनुभएको छ ।
बिहीबार वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठलाई समर्थन गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले महासंघको चुनावलाई थप फोहोर नबनाउन दोस्रो चरणको निर्वाचनमा नजाने निर्णयमा पुगेको बताउनुभयो । उहाँले दोस्रो चरणको निर्वाचनमा आफूले र अञ्जनले पनि ४/५ करोड खर्च गर्न सक्ने अवस्थामा भएपनि चुनावलाई फोहोरी नबनाउन आफूले अञ्जनलाई समर्थन गरेको बताउनुभयो ।
उहाँले महासंघको निर्वाचन पद्धती खराब भएको बताउनुभयो । उहाँले महासंघको विधानलाई पुनः लेखन गर्नुपर्ने बताउनुभयो । उहाँले आफू बाचुन्जेल महासंघमा नै रहने बताउनुभयो । उहाँले महासंघको नेयाँ नेतृत्वले वैशाख २ गतेबाट महासंघलाई सबैको बनाउन सुझाव दिनुभयो ।
उहाँले महासंघका निर्वाचित नेतृत्व आगामी दिनमा एक भएर काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले महासंघको सदस्यता वितरणमा कडाइ गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्