२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पोष्टबहादुर बोगटी स्मृति कप : एपिएफ सेमिफाइनलमा


364
Shares

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबारको खेलसँगै राजधानीमा जारी प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको अन्तिम खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट गुमाएपनि एपिएफले बाँकी सेटमा पुनरागमन गर्दै खेलमा फर्किन सफल भएको हो । पहिलो सेट २३–२५ ले गुमाएको एपिएफले दोस्रो सेटमा २५–१८ को सहज जित निकाल्दा सेट १–१ को बराबरीमा पुगेको थियो । त्यसपछिको सेटमा शुरुवातबाट नै अग्रता लिएर अगाडि बढेको एपिएफले तेस्रो सेटमा २५–१२ र चौथो सेटमा २५–२१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । रोमाञ्चक पुनरागमन गरेको एपिएफ मिफाइनल पुग्ने अन्तिम टोली बन्यो ।

प्रतियोगितामा एपीएफसहित ३ विभागीय टोली सहभागी भएकोमा त्रिभुवन आर्मी र नेपाल पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । गण्डकी प्रदेश पनि सेमिफाइनलमा पुगिसकेको छ । प्रतियोगितामा पहिलो सेमिफाइनलमा एपिएफको भेट आर्मीसँग हुने छ । दोस्रो सेमिफाइनल पुलिस र गण्डकीबीच हुने छ । दुवै सेमिफाइनल शुक्रवार हुने छन् ।