१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चलचित्र ‘नम्बरी सुन’को प्रदर्शन मितिसहित फस्टलुक सार्वजनिक


377
Shares

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’ को प्रदर्शन मितिसहित फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

नयाँ वर्षको अवसर पारेर प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले फस्टलुक पोस्टर सार्वजनिक गरेको हो । चलचित्रको आगामी भदौको १ गतेलाई प्रदर्शन मिति तय गर्दै सार्वजनिक गरिएको पोस्टरमा अभिनेता गौरव पहारी र बेहुलीको पहिरनमा रहेकी अभिनेत्री नम्रता सापकोटालाई आफ्नो काँधमा बोकेको अवस्थामा चित्रित छ ।

सुवर्ण शिभान्स प्रोडक्शनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको छ भने सरोज खाती, सविन खाती र मनोज रिजालले चलचित्रमा लगानी गरेका छन् ।

राजु गिरीको निर्देशनमा बनेको चलचित्रमा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी लगायतको पनि अभिनय रहेको छ ।

चलचित्रले ७० वर्षअघिको नेपाली समाजको कथा चित्रण गर्ने छ ।