१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आईपीएल क्रिकेटमा गुजरातद्वारा पञ्जाब पराजित


91
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेकाे छ ।

यो सिजन तेस्रो जित निकालेसँगै गुजरातले शीर्ष स्थानको राजस्थान रोयल्स र दोस्रो स्थानको लखनउ सुपर जायन्ट्ससँग अंक बराबरी गरेको हाे । बिहीबारको खेलमा पञ्जाबले दिएको १ सय ५४ रनको लक्ष्य गुजरातले खेलमा एक बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गरेकाे हाे ।

गुजरातको जितमा ओपनर शुभमन गिलको ६७ रन महत्व्पूर्ण रहयो । बलिङमा पञ्जाबका अर्शदिप सिंह, कागिसो रबाडा, हरप्रित ब्रार र साम करनले समान १–१ विकेट लिए । त्यसअघि मोहालीस्थित घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

उसका लागि म्याथ्यु सर्टले ३६ रन जोड्नु बाहेक अन्य कुनै पनि व्याट्स म्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।