
काठमाडौं । शीर्ष नेताहरुको शुक्रबार दिउँसाे बस्ने भनिएकाे बैठक स्थगित भएको छ ।
शुक्रबार दिउँसाे १ बजे संसदमा रहेका विचाराधीन विधेयक र संसदीय समिति गठन लगायतका विषयमा छलफल गर्नका लागि बस्ने भनिएको बैठक स्थगित भएको हाे । अध्यक्ष ओलीले आफू अस्वस्थ रहेको बताएपछि शीर्ष नेताहरुको बैठक स्थगित भएको एक नेताले बताए ।
यसअघि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको पहलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच दुई पटक छलफल भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्