१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नयाँ वर्षकाे अवसरमा पशुपति मन्दिरमा दर्शनार्थीको भीड


533
Shares

काठमाडाैं । पशुपतिनाथको मन्दिरमा नयाँ वर्ष २०८० को अवसरमा शुक्रबार बिहानैदेखि दर्शनार्थीले पूजा आजा गरिरहेका छन् ।

शुक्रबार बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको हाे । पशुपतिनाथको दर्शनका लागि शुक्रबार दर्शनार्थीका लागि विशेष पूजाको व्यवस्था गरिएको छ ।

पशुपति क्षेत्र विकास काेषले नयाँ वर्षमा दर्शन गर्ने भक्तजनको सहभागिता बढ्ने भएकाले विशेष व्यवस्था गरिएको जनाएकाे छ । पशुपतिनाथ मन्दिरका ४ वटै ढोका खुला गरी दर्शनको व्यवस्था मिलाइएको छ ।

दर्शनार्थीलाई उत्तर, पश्चिम र दक्षिण मूलढोकाबाट दर्शन गर्न मिल्ने गरी व्यवस्था मिलाएकाे काेषले जनाएकाे छ ।