१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025

तीन वर्षमा पदकका लागि ३४ करोड खर्च


2.132k
Shares

काठमाडौं । सरकारले तामझामसाथ वर्षेनी बाँड्ने गरेको मानपदमी, अलंकार र पदक वितरणमा वितेको तीन वर्षको अवधिमा ३४ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७८/७९ सम्म यो रकम खर्च भएको हो ।

तीन वर्षको अवधिमा सरकारले १५ सय ७३ जनालाई तक्मा बाँडेको छ । यसका लागि ३४ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । यसमध्ये २७४ जनाले तक्मा बुझेका छैनन् ।

विभूषण तयार गर्न लाग्ने लागत वर्षेनी बढ्दै गएको भन्दै महालेखाले लागतमा कमी ल्याउन तथा विभूषित हुने संख्या निश्चित गरी खर्च नियन्त्रण गर्न भनेको छ ।