
प्रतीकात्मक ।
पाल्पा । बुटवलबाट पाल्पा घुम्न आएका एक युवकको पोखरीमा डुवेर मृत्यु भएको छ ।
शुक्रबार बिहान नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ गाउँपालिका–३ भूतखोलास्थित पोखरीमा घुम्न आएका सिद्धार्थनगरपालिका–१२ बेलहियाका २० वर्षीय शिवम जैशवाल ढुङ्गामा चिप्लिई पोखरीमा खसेर डुबेका थिए ।
पोखरीमा डुवेका उनलाई तत्काल प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले उद्दार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको थियो । अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उनी भैरहवाबाट साथीहरुसँगै घुम्न आएका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्