२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


देशका केही स्थानमा आज वर्षा हुने


338
Shares

काठमाडाैं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । शनिबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ ।

त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदली रहने छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली प्रदेश र देशका बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ।

शनिबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहने छ।

त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।