२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मधेश प्रदेशमा आज जुडशीतल पर्व मनाइँदै


78
Shares

काठमाडौं । मधेश प्रदेशमा हर्षोल्लासका साथ शनिबार जुडशीतल पर्व मनाइँदैछ ।

प्रत्येक वर्षको वैशाख २ गते बिहानैदेखि गाउँगाउँमा आफू भन्दा सानाको शिरमा जल थप थपाएर आशिर्वाद लिने दिने गरिन्छ । बुबा-आमा, गुरु, मान्यजन र ज्येष्ठ सदस्यले आफू भन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आशिर्वाद दिंदै याे पर्व मनाउने चलन रहेकाे छ ।

वर्षभरी शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु र प्रगति होस् भन्ने ठूलाबडा र जेष्ठ सदस्यले आफू भन्दा सानालाई आशिर्वाद दिने गर्छन् । आजका दिन रुख विरुवामा पानी हाल्नुका साथै खेतबारीमा मलजल गर्ने परम्परा समेत रहेकाे छ ।

सूर्यको तापबाट आकुल-व्याकुल मानव लगायतका रुख विरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मुख्य उद्देश्य हो । नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्ष भरी नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ । आजैका दिन केही स्थानमा हिलोपानी पनि खेल्ने गरिन्छ । साेही पर्वमा घरघरमा विशेष परिकारका खाना बनाएर खाने चलन पनि छ ।

जुडशीतल पर्वको अवसरमा मधेश प्रदेश सरकारले शनिबार सार्वजनिक बिदा समेत दिएको छ ।