२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


बसन्तपुरमा फोटो प्रदर्शनी (तस्बिरहरु)


143
Shares

काठमाडौं । बसन्तपुरमा पर्यटनसम्बन्धी फोटो प्रदर्शनी जारी छ ।

दुई दिनसम्म चल्ने प्रदर्शनी शुक्रबारबाट सुरु भएको हो ।

नेपालको पर्यटन र जात्रा भल्किने तस्बिरहरु प्रदर्शनीमा राखिएको छ । साथै पर्यटन प्रवद्र्धनका लागि विभिन्न चरणमा विभिन्न कार्यक्रमहरु पनि आयोजना भइरहेको छ ।

प्रदर्शनीमा ६० वटा तस्बिर राखिएको छ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाली नयाँ वर्ष २०८० र नेपाल पर्यटन महोत्सवको अवसरमा नेपालका उत्कृष्ट पर्यटकीय स्थलका सुन्दरता झल्किने फोटो प्रदर्शनीमा राखिएको हो ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले आयोजना गरेको प्रदर्शनी शनिबार सकिने छ । फोटोहरु स्वदेशी तथा विदेशी पर्यटकहरुले अवलोकन गरिरहेका छन् ।