
web pic
एजेन्सी । भारतको महाराष्ट्रस्थित पुरानो पुणे–मुम्बई हाइवे सडकमा यात्रु बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
बीबीसी का अनुसार बस शिंग्रोबा मन्दिर पछाडी एक खोचमा खसेको हो । उद्धार दलका एक कर्मचारीलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार उक्त घटनामा परि कम्तिमा १३ जनाको मृत्यु भएको आशंका गरिएको छ ।
यसरी मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन् । बसमा ४० देखि ४५ जना यात्रु सवार रहेका थिए । उद्धार दलका अनुसार बसमा फसेका यात्रुहरूलाई निकाल्ने क्रम जारी रहेको छ ।
घाइते यात्रुलाई खोपोली नगर अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्