११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रवासमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गछौं : प्रधानमन्त्री दाहाल


273
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रवासमा रहेका नेपालीहरुलाई आफैं बसेको देशबाट मताधिकार गर्न पाउने व्यवस्था गरिने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यसबाट प्रवासी नेपाली लाभान्वित हुने बताउनुभयो ।

प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीले पठाएको रेमिटेन्सबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै बैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताउनुभयो ।

उहाँले राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरेर राजस्वमा उल्लेख्य सुधार भएको उल्लेख गर्दै आफू प्रधानमन्त्री बनेपछि सार्वजनिक सहकारी र निजी क्षेत्रको समन्वयलाई अगाडि बढाउन र निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा परिचालन गर्न जोड दिएको बताउनुभयो ।