१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपनिर्वाचनपछि मधेशमा मुख्यमन्त्री परिवर्तन हुन्छ : अध्यक्ष राउत


8.775k
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले उपनिर्वाचनपछि मधेश प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने बताउनुभएको छ ।

चैत्र १५ गतेको माओवादी, कांग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमान्दार भए उपनिर्वाचनपछि मधेसमा जनमतको मुख्यमन्त्री बन्ने उहाँको तर्क छ ।

उहाँले उपनिर्वाचन पछि मधेस प्रदेशका मुख्यमन्त्रीको बहिर्गमन हुने भन्दै सत्ताधारीले जनतालाई दिग्भ्रमित गर्न अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ नभएको बताउनुभयो ।

मधेश प्रदेशमा जनमत पार्टीले सुरुवातमै मुख्यमन्त्रीमा दाबी गरेको थियो । तर, तत्कालीन सहमति अनुसार त्यो अवसर जनता समाजवादी पार्टीले पाएको थियो । तर जसपा र जनमत पार्टीबीच केन्द्रीय तहमै तिक्त सम्बन्ध रहँदै आएको छ ।