१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मिटरब्याज पीडितको धर्ना अझै जारी


39
Shares

काठमाडौं । मिटरब्याज पीडित संघर्ष समितिले काठमाडौंमा आएर गरेको विभिन्न चरणको आन्दोलन अझै पनि जारी छ ।

आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने बताउँदै आएका उनीहरुले सरकारसँगको वार्ता भंग भएको भन्दै आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

आन्दोलनसँगै सरकारसँग वार्ता गरेका उनीहरु सरकार आफ्ना माग पूरा गराउन सकारात्मक नभएको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारीमा छन् ।

आन्दोलनमा विभिन्न जिल्लाबाट पीडित थपिने क्रम जारी रहेको भन्दै उनीहरुले आन्दोलन अझै शसक्त बनाउने बताएका छन् ।

काठमाडौको रत्नपार्क स्थित शान्ती बाटिकामा धर्नामा दिंदै आएका पीडितले बैशाख ४ गते सोमबार दिउँसो साढे १२ बजे शान्तिबाटिकामा मार्चपाससहित धर्ना दिन लागेको बताएका छन् ।