१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अयान मुखर्जीले ‘वार २’ निर्देशनका लागि लिए महँगो पारिश्रमिक


234
Shares

एजेन्सी । भारतीय निर्देशक अयान मुखर्जीले ‘वार २’ निर्देशनका लागि महंगो पारिश्रमिक लिएका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार उनले ‘वार २’ निर्देशन गरेबापत करिब ३२ करोड भारतीय रुपैयाँ लिने भएका हुन् ।

पहिला यस फिल्मको निर्देशक सिद्धार्थ आनन्दले गर्ने भएका थिए । तर, केही दिन अघि यशराज फिल्म्सले ‘वार २’ निर्देशन गर्न अयानलाई प्रस्ताव गरेको खबर बाहिर आएको हो ।

यसैबीच, निर्देशक करण जोहरले ‘वार २’ मा अयान अनुबन्धित भएको मन नपराएको खबर आएको छ । आयनले ‘ब्रह्मास्त्र’ को सिक्वेल बीचमै छोडेर यशराज फिल्म्ससँग हात मिलाएपछि करण दु:खी भएका छन् । किनभने, करणले ‘ब्रह्मास्त्र’ को सिक्वेलका लागि १०० करोडभन्दा बढी लगानी गरेका छन् ।

ऋतिक रोशनको अभिनय रहने फिल्म ‘वार २’ २०२४ को अन्त्यमा वा २०२५ को सुरुमा रिलिज हुने बताइएको छ ।

‘वार २’ करिब दुई सय करोड भारतीय रूपैयाँमा बन्न लागेको फिल्म हो । यशराज स्पाई युनिभर्स (कम्पनी) को यो छैटौं फिल्म हो । यसअघि स्पाइ युनिभर्सको निर्माणमा यसअघि ‘पठान’, ‘वार’ र ‘टाइगर जिन्दा है’ जस्ता उत्कृष्ट फिल्म बनेका थिए ।