२७ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025


रियल मड्रिडले काडिजलाई हरायो


377
Shares

एजेन्सी । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा काडिजलाई हराएको छ ।

शनिबार राति भएको खेलमा रियलले काडिजलाई २–० ले हराएको हो ।

खेलको ७२ औं मिनेटमा नाचो फर्नान्डेसले गोल गर्दै रियललाई सुरूवाती अग्रता दिलाए । त्यसपछि ७६ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई २–० को जित दिलाए ।

६२ अंक सहित रियल दोस्रो स्थानमा रहेको छ । पराजित क्याडिज ३१ अंक जोडेर १५ औं स्थानमा छ ।