७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कोरोना संक्रमणबाट दुई जनाको मृत्यु


91
Shares

काठमाडाैं । लामो अन्तरालपछि कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

मृतकहरूमध्ये एक जना चितवनका पुरुष र अर्की कैलालीकी महिला रहेका हुन् । सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा आइतबार बिहान एक महिलाको कोरानाबाट मृत्युभएको छ।

भिमदत्त नगरपालिकाकी ७३ वर्षीय वृद्धाको उपचारका क्रममा आइतबार बिहान निधन भएको अस्पतालले जनाएको हो । मुुटु सम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएकी वृद्धामा गत चैत २१ गते कोरोना संक्रमण पुष्टि भएको र उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, चितवन मेडिकल कलेजमा उपचार गराइरहेका भरतपुर महानगरपालिका-१० का ६४ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ । चितवनमा गत साउन यता कोरोनाबाट पहिलो पटक मृत्यु भएको हो ।