
काठमाडौं । निर्देशक शोभित बस्नेत प्रस्तुतिकर्ता रहेको चलचित्र ‘जय हो’ को छायाङ्कन सम्पन्न भएको छ ।
शनिबार मुस्ताङको मुक्तिनाथमा चलचित्रको अन्तिम दृश्य खिच्दै निर्माण युनिटले छायाङ्कन सकाएको हो । शोभितले उक्त कुराकाे जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् ।
चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
सौरभ लामाको छायाङ्कन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहेको चलचित्र कमेडी, एक्सन र लभ स्टोरी कथामा आधारित भएर निर्माण भएको हो ।
सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी रहेको चलिचत्रमा सुरेश न्यौपानेको कथा रहेको छ ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । चलचित्रको प्रदर्शन मिति आगामी भाद्र ८ गते तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्