
काठमाडौं । कैलालीका कृषकलाई यति बेला गहुँ भित्र्याउन चटारो भएको छ ।
हिउँदामा लगाएको गहुँ पाकेपछि धनगढी उपमहानगरपालिका–२ भन्सार कटान गाउँ, धनगढी–३ बैयाबेहडी लगायतका स्थानका कृषकलाई गहुँ भित्र्याउन चटारो भएको हो । गर्मी बढ्दै गएपछि वर्षा हुन सक्ने भन्दै गहुँ भित्र्याउन यहाँका कृषक खेत बारीमै खटिएका छन् ।
परम्परागत तरिकाले गहुँ भित्र्याउने गरेका यहाँका कृषकले यति बेला आधुनिक उपकरण प्रयोग गरेर गहुँ भित्र्याइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्