
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्सा शास्त्र अन्तर्गतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको बताउनुभएकाे छ ।
उहाँले यसलाई तत्काल सच्याउन पनि सरकारसँग माग गर्नुभएको हाे । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले अदालतको आदेश, ऐन, कानून र नियमावलीको मर्म र भावना विपरित राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सोही तहको विद्यार्थी भर्ना नसच्याएको भन्दै तत्काल सच्याउन माग गर्नुभएको हो ।
सरकारले बढी अंक ल्याएका विद्यार्थीहरुलाई छात्रवृत्ति पनि नदिने र रोजेको विषय र शिक्षण संस्था पनि नदिने गरी भर्ना प्रक्रिया अघि बढाएकाले त्यसलाई तत्काल रोकी कम्प्युटर बेस प्रणालीमा म्याचिङ गरी सो तहको विद्यार्थी भर्ना अभियान अघि बढाउन उहाँले सरकारलाई सुझाव पनि दिनुभयो ।
सरकारले जेहेन्दार विद्यार्थीहरुमाथि कुठाराघात गर्ने र स्वास्थ्य संस्थाहरुलाई थप क्षति हुने कुनै पनि खालको काम गर्न नहुने समेत सांसद कार्कीले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्