
काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप प्रतियोगिताका लागि नेपाली टाेलीकाे घोषणा गरेको छ ।
क्यानले आइतबार यहि वैशाख ५ गते मंगलबारबाट नेपालमा आयोजना हुन लागेको साेही प्रतियोगिताका रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । वैशाख ५ देखि १८ सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने भएकाे छ ।
मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो । कुल २४ खेल हुने प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन् ।
यसैगरी समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई छन् । हरेक समूहमा शीर्ष दुई टोली सेमिफाइनल खेल्ने छन् । प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एशिया कपका लागि छनोट हुनेछ ।
यसैगरी प्रतियोगिताका शीर्ष तीन टोली एशिया इमर्जिङ कपका लागि छनोट हुने भएका छन् । प्रतियोगितामा नेपालले वैशाख ५ मा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने भएकाे छ।
नेपालले वैशाख ८ मा ओमान, ११ गते साउदी अरेबिया र १४ गते कतारको सामना गर्ने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्