६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिप भोलिदेखि सुरू हुने


91
Shares

काठमाडाैं । सूर्य नेपाल गल्फ टुर २०२२/०२३ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिप साेमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुने भएकाे छ ।

आइतबार काठमाडाैंमा पत्रकार सम्मलेन गरेर आयोजक सूर्य नेपालले सूर्य नेपाल एनपिजीए टुरकाे बारेमा विस्तृत जानकारी गराएको हो । ४ दिन चल्ने प्रतियोगितामा ७२ होलमा प्रतिष्पर्धा हुने भएकाे छ ।

प्रतियोगितामा ३२ व्यवसायिक गल्फर र आठ एमेच्योरले सहभागिता जनाउने भएका छन् । सुरुवाती ३६ होलपछि शीर्ष २१ प्रो र शीर्ष ६ एमेच्योरले कट बनाउनेछन् । ४ दिने प्रतियोगितामा भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा र धन थापा लगायतले प्रतिष्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिताको कुल पुरस्कार रकम ८ लाख रुपैयाँ रहेकाे छ । विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो स्थान हासिल गर्नेले ६७ हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् ।