१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्थिक रूपमा नेपाल श्रीलंका र पाकिस्तान जस्तो हुँदैन: नेता कोइराला


52
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल आर्थिक रूपमा श्रीलंका र पाकिस्तान जस्तो नहुने दावी गर्नुभएको छ ।

आइतबार कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।उहाँले श्रीलंका र पाकिस्तानसँग नेपालको तुलना नहुने उल्लेख गर्नुभयाे ।

नेपालमा अझै ११ महिनालाई पुग्ने विदेशी मुद्रा रहेकोले आत्ति हाल्नु पर्ने अवस्था नरहेको उहाँले दावी गर्नुभयो । नेपालको अर्थतन्त्रमा भने सुधार गर्नु जरुरी भएको नेता कोइरालाले बताउनुभयो ।

निर्वाचनमा भएका तिक्तता बिर्सिएर संगठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई नेता कोइरालाले आग्रह गर्नुभयो । कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने र कांग्रेसलाई एक ढिक्का बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।