१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानमन्त्री दाहाल र सभापति देउवा अध्यक्ष ओलीलाई भेट्न आज बालकोट जाँदै


260
Shares

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न साेमबार बालकोट जाने भएका छन् ।

आइतबारबाट अस्वस्थ भएर घरमै आराम गरिरहनु भएका अध्यक्ष ओलीलाई भेट्न साेमबार बिहान ९ बजे प्रधानमन्त्री दाहाल र सभापति देउवा उहाँकै निवास बालकोट जान लागेका हुन् । अध्यक्ष ओलीलाई भेटेर प्रधानमन्त्री दाहालले स्वास्थ्य लाभको कामना गर्ने प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनुभयाे ।

प्रमुख ३ दलका नेताहरूबीचको भेटमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानविन सम्बन्धी विधेयककाे बारेमा पनि बालकोटमै छलफल गर्ने कार्यक्रम रहेकाे छ ।