१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सशस्त्रका हवल्दार केसीले आफैंले गोली हानी गरे आत्महत्या


10.66k
Shares

कठमाडौं । दाङको तुलसीपुरमा रहेकाे कारागारमा तैनाथ सशस्त्र प्रहरीका सहायक हवल्दार बसन्त केसीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

कारागारको सुरक्षामा खटिएका हवल्दार केसीले आइतबार राति आफैंलाई गोली हानेका हुन् । तुलसीपुर ८ टिकरीका ३५ वर्षीय हवल्दार केसीले आफैंलाई गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आइतबार राति पौने ९ बजे डियुटीमै रहेका बेलामा कञ्चटमा गोली हानेर हवल्दार केसीले आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नुको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।