
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार बस्ने भएकाे छ ।
साेमबार दिउँसाे १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा तेह्रौं अधिवेशनको १७ औँ बैठक बस्ने संघीय संसदका महासचिव डा. भरतराज गौतमले बताउनुभएकाे हाे ।
सोमबारको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन छलफलका लागि पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा सम्माननीय अध्यक्षले पूर्वसांसद तेजमान तुम्वाहाम्फेको निधनमा शोक प्रस्ताव प्रस्ततु गर्नु हुने महासचिव गौतमले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्