
कठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार सडक पेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायको काम राति मात्र गर्न आग्रह गरेकाे छ ।
सोमबार महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै यस्ताे आग्रह गरेकाे हाे । महानगरले सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवं मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन आग्रह गरेकाे गरेकाे हाे ।
महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रा समेत नखस्ने प्रबन्ध मिलाउन भनेको छ । सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा अनिवार्य रुपमा निर्माणाधिन स्थल संकेत गर्न समेत महानगरले अनुरोध गरेको छ ।
निर्माणका क्रममा नागरिकलाई हुने सास्तीलाई कम गर्न सकभर राति ८ बजेपछि मात्रै काम गर्न गराउन सार्वजनिक निकायलाई महानगरले आग्रह गरेको छ । निर्माण कार्य पूरा भए पश्चात सम्बन्धित निकायले नै सडक वा सडक पेटीको सरसफाई गरिदिनुपर्ने महानगरले जारी गरेकाे सूचनामा भनिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्