१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेश हुन्छ : मन्त्री शर्मा


247
Shares

काठमाडौं । नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेश गर्ने तयारीमा रहेको बताउनु भएको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०६७/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन २०७९ माथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।

उहाँले सरकारले पनि सो ऐनलाई अत्यन्तै प्राथमिकतामा राखेर अघि बढाएको र अहिले त्यो कानून मन्त्रालयमा छलफलको अन्तिम चरणको रहेको जानकारी गराउनुभयो । मन्त्री शर्माले कर्मचारीहरुको सरुवालाई व्यवस्थित बनाउने गरी सो ऐनमा आवश्यक व्यवस्था मिलाउन पनि सांसदहरुलाई आग्रह गर्नुभयो ।

उहाँले कर्मचारीको सरुवाको विषय व्यवस्थित नभएको स्विकार गर्दै अब बन्ने संघीय निजामती सेवा ऐनले त्यसलाई व्यवस्थित बनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

मन्त्री शर्माले कर्मचारीहरुको समय तोकेर सुरुवाको मापदण्ड बनाउन सके उनीहरु छिटो छिटो सरुवा हुने समस्या समाधान हुने तर्क समेत गर्नुभयो ।