
फाइल तस्बिर
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा संक्रमण देखिएको छ ।
फलोअप परीक्षणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उहाँको अल्ट्रासाउण्डको सहायताले पानी निकाली परीक्षण गर्न लागिएको हो ।
पौडेलका निजी चिकित्सक डा. निरज बमका अनुसार छातीको तल्लो भागमा संक्रमण देखिएकाले परीक्षण गर्न लागिएको हो ।
विशेषज्ञ चिकित्सका अनुसार छातीको तल्लो भागमा पानी देखिनुले निमोनिया, टिबी तथा क्यान्सर हुन सक्ने संकेत गर्छ ।
पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर पाँच दिन बस्नु भएको थियो ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेकाले उहाँ शीतल निवास फर्किसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्