
web pic
काठमाडौं । दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र स्थानीय १७ वर्षीय गोपाल विक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार बिहान घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले सोही दिशातर्फ गईरहेको लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई खैरा चोकमा ठक्कर दिएको थियो ।
मोटरसाइकलमा सवार विकको घटनास्थलमै मृत्यु भएको र चालक बस्नेतलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्