१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


247
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेश गर्नु हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।