२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द


130
Shares

काठमाडौं । कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडक दैनिक ६ घन्टा बन्द गर्न थालिएको छ ।

म्याग्दीको रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि सडक बन्द गर्न लागिएको म्याग्दी जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

वैशाख ४ गतेदेखि २० गतेसम्म बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर सडक निर्माणको काम थालिएको हो । गत चैत ३ देखि १४ गतेसम्म पनि सोही सडक खण्डमा यातायात बन्द गरिएको थियो ।

म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारी साधनले सडक बन्द हुने समय अगावै रूप्से झरना खण्ड पार गर्नुपर्ने नियम बनाइएको छ ।