
web pic
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मंगलबार दुई खेल हुँदैछ । आजबाट दशौं चरणको खेल सुरू हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।
खुमलटार चौथो तथा एनआरटी दोस्रो जितको खोजीमा हुनेछ ।
खुमलटार १० अंकका साथ १० औं स्थानमा रहँदा एनआरटी ७ अंक जोडेर १३ औं स्थानमा छ ।
यसैगरी, दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच साँझ ६ बजे खेल हुनेछ ।
मनाङ पाँचौ तथा आर्मी चौथो जितको खोजीमा हुनेछ ।
मनाङ १५ अंक जोडेर चौथो स्थानमा रहेको छ भने आर्मी १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्