
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्व पीडितहरुलाई प्रहरीले पक्राउ गरेकाे छ ।
मंगलबार नयाँबानेश्वर संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै द्वन्द्वपीडितहरु प्रदर्शनमा उत्रिएका हुन् । मंगलबार नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट करिब एक दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग सम्बन्धी विधेयक संसदमा दर्ता भएका छन् ।
साेही विधेयकमा पीडकलाई उन्मुक्ति दिने व्यवस्था समेत राखिएको भन्दै त्यसलाई संशोधन गर्न पीडितहरुले माग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्