२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अभिनेत्री क्रिसन परेरा पक्राउ


4.251k
Shares

एजेन्सी । भारतीय अभिनेत्री क्रिसन परेरा पक्राउ परेकी छन् ।

क्रिसनलाई दुई साताअघि संयुक्त अरब इमिरेट्स (युएई) प्रहरीले पक्राउ गरी जेलमा राखेको छ । क्रिसन लागूऔषध मुद्दामा पक्राउ परेकी हुन् ।

भारतीय वाणिज्य दूतावासले क्रिसनको पक्राउको खबर भारतमा बस्ने उनको परिवारलाई दिएको हो । यता, क्रिसनको परिवारका सदस्यले भने आफ्नी छोरीलाई जानीजानी लागूऔषध मुद्दामा फँसाइएको बताएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार क्रिसन युएईको शारजाह एयरपोर्टमा अवतरण हुनेबित्तिकै उनलाई त्यहाँ उपस्थित अधिकारीहरूले पक्राउ गरेका थिए।

क्रिसनले ‘सडक २’ र ‘बाटला हाउस’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।