१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एनओसी पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन


2.054k
Shares

काठमाडौं । नेपाली विद्यार्थीले विदेश अध्ययन गर्न जान पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

मंगलबार उनीहरुले एनओसी दिनुपर्ने माग गर्दै काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले गत वर्षको चैत्र २७ गतेबाट एनओसीमा रोक लगाएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । विभिन्न इन्स्टीच्युटमा अध्ययनरत विद्यार्थीहरुले नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) विषयलाई लिएर दबाबमुलक प्रदर्शन गरेका थिए ।

उनीहरुले एनओसी विधेयक खारेज गर्, विद्यार्थी मार्न पाइँदैन, प्रहरी दमन मुर्दावाद, शिक्षा मन्त्रालय जान दे, शिक्षामन्त्री बोलाइ दे लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेका छन् ।