१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रधानमन्त्रीद्वारा काठमाडौं-तराई मधेस द्रुतमार्गको अवलोकन


299
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माणाधीन काठमाडौं तराई मधेश-द्रुतमार्गको अवलोकन गर्नुभएको छ ।

मंगलबार प्रधानमन्त्री दाहालसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहितिको टिमले राष्ट्रिय गौरबको सो परियोजनाको अवलोकन एवं निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले द्रुतमार्गको हालसम्मको उपलब्धिबारे जानकारी लिनुभएको थियो ।

प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास बैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता रहेको थियो ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो आयोजना काठमाडौंलाई तराई मधेससँग जोड्ने सबैभन्दा छोटो दूरीको आयोजनाका रुपमा लिइन्छ ।